चैत्र ४, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अन्तराष्ट्रिय सागा दावा रनिङ उत्सवको आयोजना हुने भएको छ । थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीको आयोजनामा एक्र उत्सव सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी स्थित थेक्छेन पेमा छोलीङ गुम्बामा आयोजना हुन लागेको हो ।
आगामी २०८२ बैशाख १७ देखी जेठ ४ सम्म अर्थात मे १० देखी मे १८ गते सम्म यस्तो उत्सव आयोजना हुने भएको गुम्बाले जनाएको छ । हिमाली क्षेत्रको खाना, रितिरिवाज संस्कृति संरक्षणका लागी यो उत्सव गुम्बाले आयाृजना गर्न लागेको हो । उत्सवका अवसरमा दौड कार्यक्रका क्रममा सल्लेरीबाट वुद्धिष्ट सांस्कृतिक पदमार्गको नयाँ रुट चिनाउने, साँस्कृतिक विबिधताको पहिचान, लगायत जातीय पहिरन सहित शेर्पा संस्कृति र नृत्यहरु प्रदर्शन गरिने जनाइएको छ ।
न्युयोर्क स्थीत रुबिन म्युजियम अफ हिमालयन आर्टको सहकार्यमा थेक्छेन पेमा छोलिङ गुम्बाले हिमालयन कला सम्मेलन २०२५ आयोजना गर्ने तय भएको हो । समुदाय र सस्थागत सहकार्य सागा दावा दौड तथा हिमालयन कला उत्सव सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु, के टि एम सिटि तथा अन्य प्रायोजकहरुको सहयोगमा आयोजना गरिने आयोजकले जनाएको छ ।
Discussion about this post