Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका स्थानीय तहले प्रदेशसँग मागे २ सय ८० नयाँ योजना 

Radio Everest by Radio Everest
March 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ५, सोलुखुम्बु । सोलुखुम्बुमा २ सय ८० नयाँ योजना आगामी आर्थिक वर्ष २०८२/८३ मा योजना बैङ्कमा राख्नका लागी माग भएका छन् । मङ्गलबार प्रदेश योजना आयोगको आयोजनामा जिल्लामा आयोजित आयोजना छनौट तथा आयोजना बैङ्क सम्बन्धी अभिभुखिकरण र अन्तरकृया कार्यक्रममा जिल्लाका २ निर्वाचन क्षेत्रबाट २ सय ८० वटा आयोजना माग भएका हुन ।  ८ वटा स्थानीय तह रहेको जिल्लामा प्रदेश निर्वाचन क्षेत्र १ अन्तर्गतका पालिकाहरू सोताङ, महाकुलुङ, थुलुङ दुधकोशी र नेचासल्यानबाट १ सय ३६ योजना माग भएका छन ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र २ का पालिकाहरू सोलुदुधकुण्ड नगरपालिका, लिखुपिके गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाबाट १ सय ४४ गरि जम्मा २ सय ८० योजना माग भएका हुन ।  प्रदेश योजना आयोगका सदस्य किशोर कुमार थुलुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित दुबै निर्वाचन क्षेत्रका सांसद तथा समानुपातिक सांसदको उपस्थिति रहेको थियो भने कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख एवं प्रतिनिधिका साथै कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  स्थानीय तहहरुले प्रदेश सरकारबाट सञ्चालन गर्न माग गरेका आयोजनाहरूमा धेरैजसो सडक पूर्वाधारका योजना माग भएको प्रदेश योजना आयोगले जनाएको छ ।  

योजना छनौट तथा योजना बैक सम्बन्धी अभिभुखिकरण कार्यक्रममा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र २ का सांसद बुद्धिकुमार राजभण्डारीले प्रदेश योजना आयोगले जिल्लामा आएर पहिलोपटक योजना बैङ्क निर्माणका लागी योजना माग गरेको धन्यवाद व्यक्त गर्नुभएको छ ।  उहाँले योजना माग गर्दा दीर्घकालीन विकासका योजना माग गर्नुपर्ने भन्दै बजेट विनियोजन हुँदा कसको भूमिका थियो सो कुरा पनि भुल्न नहुने उल्लेख गर्नुभयो ।  यस्तै कार्यक्रममा बोल्दै प्रदेश निर्वाचन क्षेत्र १ का सांसद गोम्बु शेर्पा कर्ज्याङले प्रदेश योजना आयोगमार्फत योजना माग गर्ने परिपाटी राम्रो भएको भन्दै यसलाइ थप व्यवस्थीत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

 उहाँले प्रदेश सरकारबाट हुने काम प्रदेश सांसदले जिल्लामा ल्याएर गर्ने कुरामा विश्वस्त रहन स्थानीय तहका जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो । यस्तै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले योजनाहरू दीर्घकालीन हुनुपर्नेमा जोड दिँदै राज्यको लागनी खेर नजाने गरि योजनाहरू अगाढी बढाउनुपर्नेमा जोड दिनुभयो ।

 हाल सम्म पनि जिल्लाका केही वडाहरूमा सिधा सडक सञ्जालले नछोएको भन्दै यस्ता महत्वपूर्ण कामहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  यता प्रदेश योजना आयोगका सदस्य थुलुङले स्थानीय तहले माग गरेका योजना मध्ये आवश्यकताको आधारमा योजना छनौट हुने र त्यो क्रम निरन्तर अगाढी बढ्ने उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै स्थानीय तहका प्रमुखहरूले स्थानीय सरकारसँग आफ्नै आर्थिक श्रोत नभएका कारण विकास गर्न समस्या भएको उल्लेख गर्नुभयो ।  

Previous Post

नेपाल तरुण दल सोलुखुम्बुको अधिवेशन चाँडै गर्न दबाब

Next Post

दुधकोशी क्याम्पसकाे स्ववियु समितीमा नेविसंघकाे प्यानलै निर्वाचीत

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly