चैत्र ५, सोलुखुम्बु । दुधकोशी क्याम्पस सोलुखुम्बुको स्वतन्त्र विद्यार्थी युनियनकाे अध्यक्षमा नेविसंघकाे प्यानलै विजयी भएकाे छ । मंगलबार सम्पन्न निवार्चनमा नेविसंघका सुजन दाहाल नेतृत्वकाे प्यानल विजयी भएकाे हाे । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा रहेको उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले दाहालको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । जिल्लाका अन्य क्याम्पसहरूमा स्ववियु निर्वाचन राजनीतिक रस्साकस्सीमा रुमलिरहेका बेला दुधकोशी क्याम्पसको भने त्रिविले दिएकै समयमा चुनाव सम्पन्न गरि सर्वसम्मत समिति निर्माण गर्न सफल भएको काङ्ग्रेस नेता मिलन केसीले बताउनुभयो । दुधकोशी क्याम्पसको अध्यक्षमा दाहालसँगै सचिवमा यशोदा बस्नेत, कोषाध्यक्षमा विनिता कार्की चयन भएका छन् । यस्तै सदस्यहरूमा सुदीप बस्नेत, लोकेश बस्नेत, सुनिता बस्नेत र अनुप राई चयन भएको निर्वाचन प्रबन्ध समितिका संयोजक योगेन्द्र बस्नेतले बताउनुभयो ।
Discussion about this post