चैत्र ६, सोलुखुम्बु । लिखुपिके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको लागी अग्नि प्रसाद पराजुली आउनुभएको छ । लामो समयदेखि रिक्त रहेको प्रशासकीय अधिकृत पदका लागी पराजुलीलाई मन्त्रालयले पठाएको हो । गत माघ २७ गते गाउँपालिकाका प्रशासकीय अधिकृतको सरुवा भएपछि रिक्त रहेको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पराजुलीलाई पठाएको गाउँपालिकाले जनाएको छ । प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब भत्ता देखी प्रशासनिक सम्पूर्ण काम ठप्प भएका थिए । सामाजिक सुरक्षा भत्ता देखी अन्य नियमित भुक्तानीका काम रोकिएकोमा अव भने सम्पूर्ण समस्याको हल हुने विश्वास लिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।
नेचासल्यान ः प्रशासनिक भवन उद्घाटन मूल समारोह समिति गठन
चैत्र ६, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागी मूल समारोह समिति निर्माण भएको छ । नेचासल्यान गाउँपालिका अध्यक्ष...
Discussion about this post