चैत्र ६, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा एसइईलाई मर्यादित, व्यवस्थित र शान्तीपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ । चैत्र ७ अर्थात भोलिबाट हुन लागेको एसइइ परीक्षा केन्द्रित त एक सूचना जारी गर्दै कार्यालयका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले परीक्षालाई व्यवस्थित मर्यादित र शान्तीपूर्ण बनाउन अनुरोध गर्नुभएको हो ।
उहाँले जिल्ला स्थित राजनैतिक दल, शिक्षक सङ्घ तथा सङ्गठन, विद्यालय, प्रधानाध्यापक, विद्यार्थी र अभिभावकलाई सूचना मार्फत अनुरोध गर्नुभएको हो । यस्तै प्रजिअ घिमिरेले परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोन परीक्षा हलमा लैजान निषेध गरिएको समेत जनाउनुभएको छ ।
विगतमा परीक्षा केन्द्रमा मोबाइल फोनको प्रयोग गरि चिट चोरिएका घटनाहरूलाई स्मरण गर्दै यस वर्ष भने परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष बाहेक अन्य कसैले पनि मोबाइल फोन लान नपाउने गरि नियम बनाइएको हो । यस्तै प्रजिअ घिमिरेले अनुगमनका क्रममा परीक्षालाई प्रभावित पर्ने गरि कुनै पनि काम गर्न नपाउने पनि प्रजिअ घिमिरेले सूचना मार्फत जानकारी गराउनुभएको छ । यस्तै उहाँले विद्यार्थीहरूले परीक्षालाई परीक्षालाई डरको रुपमा नलिई निर्धक्क भएर लेखन प्रस्तुत गर्न पनि सुझाउनुभएको छ ।
Discussion about this post