चैत्र ६, सोलुखुम्बु । खोटाङमा ४७ जना आँखाका बिरामीले नयाँ जीवन पाएका छन् । जिल्लाको केपीलासगढी गाउँपालिकामा आयोजित निशुल्क आँखा शल्यक्रिया शिविरमा आएर ४७ जनाले मोतियाबिन्दुको समस्याबाट मुक्ति पाएका हुन । गाउँपालिका, नेत्र ज्योति सङ्घ खोटाङ, सगरमाथा आँखा अस्पताल लाहानको संयुक्त आयोजनामा जारी शिविरमा ३ दिनमा ३ सय ९२ जनाको आँखा जाँच गरिएकोमा ४७ जना बिरामीको आँखा शल्यक्रिया गर्नुपर्ने पाइएको थियो । उनिहरुलाई आँखा चिकित्सकको टोलीले शल्यक्रिया गरेको थियो । चैत्र ४, ५ र ५ ३ दिन सम्म सञ्चालन भएको शिविरमा ३ सय १० जनालाई औषधि वितरण गरिएको छ । यस्तै ३४ जना ज्येष्ठ नागरिकलाई निशुल्क चस्मा वितरण गरिएको नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इनद्र कसजुले बताउनुभयो । उहाँका अनुसार केन्द्रको सकृयतामा जिल्लामा बिभिन्न समयमा आँखा स्वास्थ्यको समस्या भएका नागरिकका लागी शिविर सञ्चालन गरि सेवा दिइरहेको छ ।
सिंहदेवी आविको विव्यस अध्यक्षमा पासाङ शेर्पा सर्वसहमत
चैत्र ६, सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपलिका वडा नम्बर ६ स्थित सिंहदेवी आधारभुत विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पासाङ शेर्पा सर्बसहमत...
Discussion about this post