Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशीका ८१ हजार ३६० विद्यार्थी एसईई परीक्षामा सहभागी हुदैँ

Radio Everest by Radio Everest
March 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ७, साेलुखुम्बु ।    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन् । आज बिहीबारदेखि एसईई सुरु हुँदैछ ।

काेशी प्रदेशका १४ जिल्लामा ३७१ परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार जसमा साधारण धारतर्फ ७७ हजार ९५७, प्राविधिक धारतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थीले एसईई दिन लागेका हुन् । कोशी प्रदेशमा सञ्चालन हुने एसईईमा नियमित तर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी सहभागी हुनेछन् ।

सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १०३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६१३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् ।

कोशी प्रदेशको तेह्रथुम जिल्लाबाट सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तेह्रथुमका १४ परीक्षा केन्द्रबाट १ हजार १९४ विद्यार्थी एसईई परीक्षामा भाग लिने मन्त्रालयले जनाएको छ । त्यसपछि कम परीक्षार्थी सोलुखुम्बु जिल्लामा छन् । सोलुखुम्बु जिल्लाका १४ परीक्षा केन्द्रबाट १ हजार ७०२ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । यस्तै ताप्लेजुङको १७ परीक्षा केन्द्रबाट २ हजार २८३, ओखलढुंगाका १७ परीक्षा केन्द्रबाट २ हजार २३१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षा सञ्चालन हुने ३७१ परीक्षा केन्द्रमा ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक, १ हजार ६१६ सहयोगी गरी जम्मा ७ हजार ३८४ शिक्षक कर्मचारी र ५ हजार ५६५ सुरक्षाकर्मी गरी १२ हजार ९४९ जनशक्ति परिचालन हुनेछन् । सबैभन्दा धेरै झापामा १ हजार ५३३ शिक्षक कर्मचारी र ८५५ प्रहरी सुरक्षाकर्मी परिचालित हुनेछन् । मोरङमा १ हजार ६३२ शिक्षक कर्मचारी र १ हजार ५० सुरक्षाकर्मी गरी २ हजार ६८२ जनशक्ति परिचालन गरिने छ ।

एसईई परीक्षामा अपाङ्गता भएका विद्यार्थीका लागि अपाङ्गताको प्रकृति हेरेर निर्धारित समयभित्र परीक्षा दिन नसक्ने भएमा शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा केन्द्राध्यक्षले बढीमा १ घण्टा ३० मिनेट समय थप गर्न सक्ने विशेष व्यवस्था गरिएको छ । दृष्टिविहीन र दुवै हात नचल्ने परीक्षार्थीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसमा बढीमा कक्षा ८ उत्तीर्ण विद्यार्थीलाई सहयोगी राखी परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिइएको छ ।

Previous Post

सिंहदेवी आविको विव्यस अध्यक्षमा पासाङ शेर्पा सर्वसहमत

Next Post

 सोलुखुम्बुमा एसइई परीक्षा सुरु,पहिलाे दिन सीडीओ घिमिरेबाट अनुगमन 

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
 सोलुखुम्बुमा एसइई परीक्षा सुरु,पहिलाे दिन सीडीओ घिमिरेबाट अनुगमन 

 सोलुखुम्बुमा एसइई परीक्षा सुरु,पहिलाे दिन सीडीओ घिमिरेबाट अनुगमन 

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly