चैत्र ११, सोलुखुम्बु । राष्ट्रपति रामचन्द्र पौडेल आज सोलुखुम्बु आउनुहुने भएको छ । नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उदघाटनका लागि राष्ट्रपति पौडेल सोलुखुम्बु आउन लाग्नुभएको हो । उहाँले भवन उदघाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८०–८१ को वैशाखमा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कम्पनी आरोन ओम बालाजी इआर रामेछापले २०८१ माघमा सम्पन्न गरी गाउँपालिकालाई चाबी हस्तान्तरण गरेको थियो । नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
Discussion about this post