Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

Radio Everest by Radio Everest
October 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १८, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित नवउदय टोल विकास संस्थाको नवौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सशिकला परियारको अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन प्रमुख अतिथि एवम् त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष किरण पाण्डेले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पाण्डेले समाज विकासका लागि टोल विकास संस्थाहरूको सक्रियता अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहमा बालमैत्री शासन प्रवद्र्धन गर्न टोलस्तरबाटै सहयोग र समन्वय हुनुपर्नेमा जोड दिनुभयो।साधारण सभामा संस्थाका सचिव जितबहादुर भुजेलले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गेशबहादुर आलेमगरले आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाले समीक्षा अवधिमा ऋण लगानीको ब्याज तथा सदस्यता प्रवेश शुल्क गरी कुल १ लाख २४ हजार ४७८ रुपैयाँ आम्दानी गरेको छ । यसैगरी बचतकर्ताको ब्याज, मसलन्द, बिरामी सहयोग, घरभाडा तथा समवेदना खर्च शीर्षकमा ६९ हजार ४२५ रुपैयाँ खर्च भई ५५ हजार ०५३ रुपैयाँ बचत (मौज्दात) रहेको उल्लेख छ ।

सो अवसरमा ८९ वर्षीय ज्येष्ठ नागरिक कुल बहादुर थापालाई सम्मान गरिएको थियो । वडा अध्यक्ष पाण्डेले उहाँलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष रुकमणि राउतले स्वागत मन्तव्य तथा अतिथिलाई खादा–अविरद्वारा सम्मान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव जितबहादुर भुजेलले गर्नुभएको थियो ।

कार्यक्रममा त्रियुगा साना सहरी खानेपानी विकास समितिका सचिव सन्तोष खड्का तथा संस्थाका पदाधिकारी, सल्लाहकार र स्थानीय टोलवासीको बाक्लो उपस्थिति रहेको थियो । साधारण सभाकै अवसरमा टोलस्तरीय बालक्लब गठन गरिनुका साथै अधुरो रहेको घलेटोल पुछारको सडक निर्माणलाई पूर्णता दिन कृष्ण बहादुर मगरको अध्यक्षतामा ‘उत्रेटोल ग्रामीण सडक निर्माण उपभोक्ता समिति’ समेत गठन गरिएको छ । संस्थाले आगामी कार्यदिशाका रूपमा टोलको सरसफाइ, विपद् तथा जोखिम व्यवस्थापन, सुरक्षित वातावरण निर्माण, महिला तथा बालबालिकालाई सहयोग र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिएको छ ।

Previous Post

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

Related Posts

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
0
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly