असोज १९, सोलुखुम्बु । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । कांग्रेसको जारी १५औँ महाधिवेशनमा कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निष्कर्षमा पुग्नुभएको हो । उहाँ हालै सम्पन्न नेपाली कांग्रेस सोलुखुम्बुको अधिवेशनबाट खुलातर्फ दोस्रो सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।
अन्तिम मतपरिणामअनुसार खुलातर्फ कार्कीले ६४८ मत प्राप्त गर्नुभएको थियो । खुलातर्फ आङ्गेलु शेर्पा ६८० मतसहित पहिलो र कार्की ६४८ मतसहित दोस्रो स्थानमा निर्वाचित हुनुभएको हो । महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेका बेला कार्कीले पनि केन्द्रीय सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गर्न लाग्नुभएको हो । उम्मेदवारीसँगै उहाँले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मत, साथ, सहयोग तथा शुभेच्छाका लागि अपिल गर्नुभएको छ ।
कार्की २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बु क्षेत्र नं १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुनुभएको हो । निर्वाचनमा उहाँले १३ हजार १६६ मत प्राप्त गरी विजयी हुनुभएको थियो । कांग्रेसको राजनीतिक यात्रामा लामो समयदेखि सक्रिय रहनुभएका कार्की १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि रहनुभएको थियो ।










Discussion about this post