Monday, August 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रगतसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : राष्ट्रपति पौडेल

Radio Everest by Radio Everest
March 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धी भएको भन्दै यसको विकल्प सोच्न नसकिने बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बर्तमान ब्यवस्थामा हरेक नागरिक मालिक हुन पाउने भन्दै यसको सदृढिकरणमा सबैले जोड दिनुपर्ने बताए ।
पालिका भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले रैती दुनियाँबाट सार्वभौम नागरिक हुन भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताए । ‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।’ उनले भने ।

उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए । राष्ट्रपति पौडेलले थपे– ‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौ । यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी हो ।’
राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदल यात्रा गर्दे यस ठाँउमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे । राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा बृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँंमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले राजधानी र मधेशबाट सर्वोच्च शिखर सगरमाथाको काख अब धेरै टाढा नभएको देख्दा आफू अत्यन्तै खुशी भएको भन्दै अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहल र आफूले गरेको संघर्षको स्मरण गरे ।
कार्यक्रममा रक्षा मन्त्रि मानबीर राईले गणतन्त्र विरुद्ध हुने गतिविधि जनताको लागि स्विकार्य नहुने बताए । उनले जिल्लाको बृहत्तर विकासका लागि आफुले सक्दो पहल गरिरहेको बताए । सो क्रममा पुर्व मन्त्रि तथा संविधा सभा सदस्य बलबहादुुर केसीले गणतन्त्रको पक्षमा जनलहर ब्यापक देखिएको भन्दै स्थानीय सरकारले सेवा प्रवाह र विकास निर्माणको काममा उल्लेख्य भूमिका निर्वाह गरेको बताए । पालिका अध्यक्ष धनजन राईले पालिका, जिल्ला समन्वय समिति र संघिय सरकारको समेत त्रिपक्षिय लगानीमा पालिकाको प्रशासनिक भवन निर्माणको काम सकिएको बताए । पालिका उपाध्यक्ष विना राईले सिमित श्रोत साधनका बाबजुद पनि लोककल्याणकारी क्षेत्रमा काम गरिरहेको भन्दै वर्तमान ब्यवस्थालाई थप मजबुद बनाउन स्थानीय सरकारलाई दरिलो बनाउनु पर्ने बताईन् ।

Previous Post

उदयपुर सहित तीन जिल्लाबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

Next Post

प्रधान न्यायाधीश सिंह राउतद्वारा नवनिर्मित ओखलढुंगा जिल्ला अदालत भवनको उद्घाटन

Related Posts

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
0
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
0
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
0
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
0
Next Post
प्रधान न्यायाधीश सिंह राउतद्वारा नवनिर्मित ओखलढुंगा जिल्ला अदालत भवनको उद्घाटन

प्रधान न्यायाधीश सिंह राउतद्वारा नवनिर्मित ओखलढुंगा जिल्ला अदालत भवनको उद्घाटन

Discussion about this post

Everest Highlights

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly