कुर ढुकुर कुर
कुहू कोइली कुहू
भुँन भुँन भमरा भुँन भुँन
गुुन गुन मौरी गुन गुन ।।
वसन्त वहार आयो
चारैतिर हरियाली छायो
आहा! कति कलिला
ति पालुवा पलायो।।
लालीगुराँसले रातो रंग भर्दा
सुनपाती धुपीले हर्र वासना छर्दा
आहा! कति स्वर्गीय आनन्द
मन मस्तिष्क नै पर्येा विलखवन्द ।।
चिरविर चिरविर चरीको आवाज
सिरसिर सिरसिर शीतल बतास
सुसेल्दैछन् ती रनवनमा
बसन्तको खुसीयाली सबको मनमनमा ।।
रचनाकार तारा बल ‘सुबर्ण “
खिजीदेम्बा गाउँपालिका ५ खिजीफलाटे,ओखलढुंगा ।
Discussion about this post