चैत्र १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा आधाभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ । बुधबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पर्यटन विभाव प्रमुख आङ गेलु शेर्पाको प्रमुख आतिथ्यतामा उक्त भवनको शिलान्यास गरिएको हो ।
ग्रिनतारा कन्ट्रक्सन प्रा.लिद्धारा आगामी असार मसान्त अगाडी नै निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारको २५ लाख र नगरपालिकाको १० लाख रुपैया लागतमा ठेक्का सम्झौता भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष फूर्वा ग्याल्जेन शेपाले बताउनुभयो ।
भवन निर्माण पश्चात् स्वास्थ्य केन्द्रबाट बिरामी चेकजाँच, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व, पोषण, नवशिशु तथा वालशिशु उपचार तथा परामर्श लगायतका सेवाहरू व्यवस्थित रूपमा प्रदान हुनेछ । भवन निमार्णपछि आधारभूत स्वास्थ्य केन्द्रबाट प्रवाह हुने स्वास्थ्य सेवा थप व्यवस्थित र गुणस्तरीय बन्ने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङ, प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पा, वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङ, नगरपालिका स्वास्थ्य शाखा संयोजक सुवास तामाङ, कार्य पालिका सदस्य, वडा सदस्य लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post