चैत्र १९, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकामा तीन दिने यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ । इको हिमाल नेपाल र रावा बेसी गाउँपालिकाको साझेदारीमा १७ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।
लैङ्गिकमैत्री हिमालयन विद्यालय परियोजना अन्तर्गत वार्षिक कार्ययोजना बमोजिम स्थानीय विद्यालयका शिक्षकहरूको लागी तालिम दिइएको जनाइएको छ । ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सचेतना विषयक तालिम पालिकाको सभाहल दिइएको थियो ।
रावा बेसी गाउँपालिका भित्रका आधारभूत विद्यालय कक्षा ६–८ र माध्यमिक विद्यालय कक्षा ९–१२ सन्चालन भएका विद्यालयका एक जना किशोरी संरक्षक शिक्षक र एक जना सामाजिक वा स्वास्थ्य शारीरिक अध्यापन गराउने शिक्षक गरी जम्मा २५ जना शिक्षकहरुलाई तालिम दिइएको हो । तालिमको सहजिकरण स्वास्थ्य अभियानकर्ता बिजु बराल र इको हिमाल नेपालका स्वास्थ्य परियोजना कार्यक्रम अधिकृत गोमा शर्माले गर्नुभएको इकोहिमाल नेपालका कृषि प्राविधिक रोशन खड्काले बताउनुभयो ।
तालिमको उद्घाटन रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङले गर्नु भएको थियो । उक्त तालिमको उद्घाटन कार्यक्रममा रावा बेसी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, शिक्षा शाखा प्रमुख युवराज बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post