बैशाख ९, सोलुखुम्बु । सोलुखुम्बुको लोखिममा आफ्नै बाबुको खुकुरी प्रहारबाट गम्भिर घाईते भएकी ५ बर्षिया पवित्रा तामाङको अप्रेशन सफल भएको छ । टिचिङ अस्पताल काठमाण्डौमा उपचाररत तामाङको अप्रेशन सफल भएको थुलुङ दुधकोशी गाउँपालका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका ३२ वर्षीय चाम कुमार तामाङले पाँच बर्षीया छोरीलाई बैशाख ४ गते धारिलो हतियार प्रहार गरेका थिए । बुबाको धारिलो हतियारबाट बालिकाको टाउको गम्भिर चोट लागेको छ । चाम कुमार तामाङलाई सोहि दिन प्रहरीले पक्राउ गरिसकेको छ ।
Discussion about this post