बैशाख १०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले शिक्षकहरूको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ । उहाँले आज शिक्षकहरूको आन्दोलन स्थलमै पुगेर शिक्षकहरूले उठाएका माग जायज भएको भन्दै ऐक्यबद्धता जनाउन आन्दोलन स्थलमै पुग्नुभएको हो । विभिन्न मगहरु सहित शिक्षा ऐन जारी गरिनुपर्ने माग राख्दै आन्दोलित शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै अध्यक्ष आन्दोलनको २२ औँ दिनमा ऐक्यबद्धताका लागी काठमाण्डौ पुग्नुभएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष जनक थापाले बताउनुभयो ।
Discussion about this post