बैशाख ११, सोलुखुम्बु । तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विषेश बुलेटिन निकालेर सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।
विभागका अनुसार मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा अत्यधिक गर्मीको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो हावा तथा तातो लहरकोसमेत सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा बढी मापन भएको छ ।
Discussion about this post