बैशाख २८, सोलुखुम्बु । नेकपा (माओवादी केन्द्र) सुनकोसी गाउँपालिका कमिटी ओखलढुंगाको दोस्रो पालिका अधिवेशन शनिबार सफलता पूर्वक सम्पन्न भएको छ । यस अधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको छ । सानू तामाङको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ। नयाँ कमिटीका उपाध्यक्षहरुमा डम्बर तामाङ, दिल पाख्रीन, खेटराज धमला, खिनिमाय तामाङ र ललिता सुनुवार चयन हुनुभएको छ । । त्यस्तै, सचिवको जिम्मेवारी दिनेश जेरोलाई दिइएको छ भने सह सचिवका रूपमा मिलन मगर र पेशल गिरीलाई चयन गरिएको छ ।
कोषाध्यक्षको पदमा धनकुमारी मगर चयन गरिएको छ । अधिवेशनमा कोशी प्रदेश सभा सदस्य र पूर्व सभामुख बाबुराम गौतमको उपस्थिति रहेको थियो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) ओखलढुंगा जिल्ला इन्चार्ज चम्पा कार्की (आसा), केन्द्रिय सदस्य लोचन केसि लगायत जिल्ला र पालिका स्तरीय नेताहरु र कार्यकर्ताहरु पनि उपस्थित रहेको थियो ।
अधिवेशनको अध्यक्षता लोकनाथ अधिकारीले गर्नुभएको थियो, भने सो अधिवेशनको सफलतापूर्वक समापन भएको जानकारी सहकर्मी शोभित ढुङ्गेलले केन्द्रीय सदस्य लोचन केसिलाई उद्धृत गर्दै दिनुभएको छ । यो अधिवेशनले गाउँपालिकामा पार्टीको नयाँ नेतृत्व र संगठनको मजबुत आधार तयार पार्ने उद्देश्य राखेको थियो ।
Discussion about this post