बैशाख २९, सोलुखुम्बु । नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल खोटाङले आसन्न केन्द्रीय महाधिवेशनका लागि १३ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । जिल्ला सदरमुकाम दिक्तेलमा सम्पन्न युवा संघको तेस्रो पूर्ण बैठकले प्रतिनिधि छनोट गरेको हो । १० वटा स्थानीय तहबाट एक÷एक जना र जिल्लाबाट थप तीन जना गरी कुल १३ जना प्रतिनिधि चयन गरिएको युवा संघ खोटाङका अध्यक्ष रोशन राईले जानकारी दिनुभयो ।
उहाँ स्वयं रोशन राई, सविन राई र रस्मिका आचार्य जिल्लाबाट प्रतिनिधिका रूपमा छनोट हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढीबाट विजय राई, हलेसी तुवाचुङबाट किसन राई, ऐसेलुखर्कबाट डेबिट राई, केपिलासगढीबाट मौसम राई, रावाबेसीबाट यम मगर, साकेलाबाट भैरब बस्नेत, दिप्रुङ चुइचुम्माबाट सुरेश राई, खोटेहाङबाट बिनोद तिरुवा, जन्तेढुंगाबाट चासुहाङ राई र बराहपोखरीबाट उमेश श्रेष्ठ प्रतिनिधिका रूपमा चयन भएका हुन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय महाधिवेशन यही जेठ ९ देखि ११ गतेसम्म पोखरामा आयोजना हुने भएको छ ।
उक्त महाधिवेशनमा सहभागी हुन खोटाङबाट प्रतिनिधिहरू तयारी अवस्थामा रहेको अध्यक्ष राईले बताउनुभयो । महाधिवेशनलाई लक्षित गर्दै खोटाङमा संघीय संगठनलाई थप सशक्त बनाउन प्रतिनिधि चयनलाई सर्वसम्मत रूपमा सम्पन्न गरिएको युवा संघ खोटाङले जनाएको छ ।
Discussion about this post