बैशाख २९, सोलुखुम्बु । स्थानीय सरकारले ग्लोबल सरोकारका विषयलाई प्राथमिकतामा राख्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलोपटक रेडपाण्डा–थार–हिमालयन जैविक विविधता सम्बन्धी बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन २०२५ आयोजना गर्ने भएको छ ।
वातावरण संरक्षण, जलवायु संकटप्रति चेतना, जैविक विविधताको सम्वद्र्धन जस्ता मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने उद्देश्यले यो सम्मेलन आयोजना हुन लागेको हो । नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै पुष १५ देखि १७ गतेसम्म हुने सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिएको छ। मेयर तीर्थराज भट्टराईका अनुसार, “विश्वको ध्यान आकर्षण गर्ने गरी स्थानीय सरकारबाटै हरियाली प्रवद्र्धन, प्लास्टिक न्यूनीकरण र जैविक विविधताको संरक्षणमा प्रतिबद्धता जनाउन सम्मेलन आयोजना गरिएको हो।
” उक्त सम्मेलनको मूल नारामा ‘रेडपाण्डा र थार संरक्षण संवद्र्धन, समृद्धिको आधार’ भनिएको छ, जसले जैविक विविधता र मानव सभ्यताको सम्बन्धलाई उजागर गर्न खोजेको छ । कोशी प्रदेशको पर्यटन वर्षसँग सम्मेलनको तालमेल गरिँदैछ, जसबाट पर्यावरणमैत्री पर्यटनको अवधारणालाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
Discussion about this post