Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

Radio Everest by Radio Everest
May 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ र ४ को सिमाना माडीबास र लामाखोला बरपानी क्षेत्रको नदीजन्य पदार्थमा भएको अवैध उत्खननबारे गम्भीर आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिन थालेको छ । अवैध उत्खननमा नगरप्रमुख कालुमान लामाको प्रत्यक्ष संलग्नता रहेको उजुरी चौदण्डीगढी–७ का वडाध्यक्ष केशव अधिकारीले दिनुभएको थियो ।

उहाँका अनुसार नगरपालिका प्रमुखकै सेटिङमा चुरे वन क्षेत्रमा व्यापक उत्खनन भइरहेको छ, जुन वातावरणीय प्रभाव मूल्याङ्कनको किर्ते कागजातमार्फत ढाकछोप गरिएको छ । अख्तियार इटहरी कार्यालयका अनुसार छानबिन प्रारम्भिक चरणमा पुगेको छ भने प्रमाण नष्ट गर्ने र नक्कली कागजात बनाउने प्रयास भइरहेको सूचनासमेत प्राप्त भएको छ । जिल्ला समन्वय समिति (जिसस) अन्तर्गतको अनुगमन समितिले यसअघि नै उक्त उत्खननलाई अवैध ठहर गर्दै सम्पूर्ण प्रक्रिया पूरा नगरी उत्खनन नगर्न नगरपालिकालाई अनुरोध गरिसकेको थियो । समितिका संयोजक गौरबहादुर विश्वकर्माले दिएको जानकारी अनुसार आइतबारसम्म कुनै जवाफ नगरपालिकाबाट प्राप्त भएको छैन ।

उत्खननको जिम्मा साङ्गे छोयलिङ कन्सट्रक्सन प्रालिलाई दिइएको थियो, जसका सञ्चालक घिसिङ तामाङ नगरप्रमुख लामाका भतिज समेत हुन् । स्काभेटर प्रयोग गरेर चुरे क्षेत्रमा गरिएको उत्खनन सर्वोच्च अदालतको आदेश र सरकारी प्रतिवेदनहरू विपरीत रहेको देखिएको छ । स्थानीयका अनुसार दैनिक १०० भन्दा बढी १० चक्के टिपरबाट गिट्टी सिराहा तर्फ पठाइएको छ। कागजमा मात्र १०,००० घनमिटर उल्लेख भए पनि करिब ३५,००० घनमिटरभन्दा बढी गिट्टी लगिएको अनुमान गरिएको छ ।

एसियन हाइवे निर्माण गरिरहेको चाइनिज कम्पनीसँग मौखिक रुपमा १ लाख घनमिटर गिट्टी आपूर्ति गर्ने सहमति भएको भनाइ पनि छ । यस प्रकरणले चुरे संरक्षण र स्थानीय स्रोत व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ । अब अख्तियारको छानबिनले वास्तविकता के हो भन्ने प्रस्ट्याउने अपेक्षा गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

Next Post

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
Next Post
उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly