Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

Radio Everest by Radio Everest
May 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ मा अवस्थित संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा औपचारिक शिक्षण सुरु गरिएको छ । १५६९ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष समारोहका बीच स्थानीय विषय अन्तर्गत शेर्पा भाषामा पठनपाठन थालिएको हो । उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराई, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायत विशिष्ट अतिथिहरुले संयुक्त रुपमा शेर्पा भाषामा शिक्षणको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई ‘भोट भाषा’ नामक पुस्तक वितरण गरिएको र भोलिदेखि नियमित कक्षा सञ्चालन हुने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक चुडामणि भट्टराईका अनुसार, अबदेखि बालकक्षा देखि कक्षा ५ सम्म शेर्पा भाषामा पठनपाठन हुनेछ । यससँगै विद्यार्थीहरुले शेर्पा भाषा र सम्भोटा लिपिसहित शेर्पा संस्कृति तथा बौद्ध संस्कारसमेत सिक्ने भएका छन् । विशेषतः शेर्पा समुदायका विद्यार्थीहरू लामा पठनका लागि विद्यालय छाड्न बाध्य भइरहेकाले अभिभावकको मागअनुसार यो कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

हाल विद्यालयमा ४८ जना विद्यार्थी रहेका छन् र भविष्यमा विद्यार्थी संख्या बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल बौद्ध महासंघ काठमाडौंका सल्लाहकार आर्चाय नुर्वु शेर्पाले अमेरिकामा अवस्थित बौद्ध शिक्षा आयोजक संस्थाबाट सम्भोटा लिपि, शेर्पा तथा भोट भाषा अध्यापनमा सहयोग पुर्याइएको जानकारी गराउँदै विद्यालयको मागअनुसार एक जना आर्चायसमेत पठाइएको बताउनुभयो ।

नगरप्रमुख तेजेन्द्र खनालले नगरभित्र रहेका सबै जातजातिको भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा शेर्पा संघको मागअनुसार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो पहलले स्थानीय भाषाको संरक्षणसँगै शेर्पा समुदायको शिक्षा पहुँचलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Previous Post

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

Next Post

भोजपुरको डाग्बुङ पदमार्ग : प्राकृतिक सौन्दर्य, स्थानीय समृद्धिको नयाँ ढोका

Related Posts

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
0
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
0
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
0
खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

Discussion about this post

Everest Highlights

 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

March 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly