जेठ २, सोलुखुम्बु । सोलुखुम्बु । सोलुखुम्बूको सोलुदुधकुण्ड नगरपालिकाकाे एक विद्यालयका प्रधानाध्यापक सरूवा गरेपछि अभिभावकलाई विद्यालयमा ताला लगाएका छन् । नगरपालिकाको वडा नम्बर १० स्थित जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम कार्कीको अन्यत्र सरुवा गरिएपछि अभिभावकहरू आन्दोलित भएर ताला लगाएका हुन् ।
उनीहरूले लामो समय देखी विद्यालयमा रहेर टाप्टीङ सहित, गोरा लगायतका क्षेत्रका विद्यार्थीलाई भविष्य देखाएकोले उनलाइ सरूवा गर्न नहुने भन्दै आन्दोलित भएका हुन। उनीहरूले आन्दोलन स्वरूप विद्यालयमा ताला लगाइदिएका छन् । ताला लगाइसकेपछि अभिभावकहरूले विज्ञप्ति मार्फत सरूवाकाे डण्डा दरबन्दी मिलानका नाममा चलाउन नमिल्ने भन्दै निर्णयकाे विरोध गरेका छन् ।
अभिभावकले प्रअ सरुवा फिर्ता लिनुपर्ने माग सहित अनिश्चितकालीन तालाबन्दी गरेका हुन। यता नगरपालिकाको शिक्षा शाखाले आधारभुत तथा माध्यमिक शिक्षा ऐन पहिलो संसोधन २०७५ को दफा २४ क बामाेजिम सरुवा गरिएको जनाएको छ ।
Discussion about this post