जेठ ४, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका–५ दुबेकोलस्थित धारापानी कुलो मर्मतका लागि सिमेन्ट र रड बोकेर जाँदै गरेको ट्याक्टर आज साँझ दुर्घटनामा परेको छ । गाउँपालिकाको को.१ द १०१ नम्बरको ट्याक्टर करिब ५ बजेको समयमा चिण्डेश्वराबाट धारापानीतर्फ जाँदै गर्दा चिण्डेश्वराको बाल शिक्षा नजिकै ब्रेक फेल भएर दुर्घटना भएको हो । ट्याक्टरमा ३० बोरा सिमेन्ट र केही रड लोड गरिएको थियो।
भाग्यवश, दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीय स्रोतले जनाएको छ । ट्याक्टर धारापानी कुलो मर्मतको कार्यका लागि सामाग्री पुर्याउन जाँदै गरेको जनाइएको छ । दुर्घटनापछि प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलको सुरक्षाका साथै सडक खुला गर्न पहल थालिएको छ । सडक संजाल कमजोर भएको क्षेत्रमा यस्तो दुर्घटना हुनु दुःखद भएको र भविष्यमा यस्ता दुर्घटना नदोहोरिउन् भन्ने उद्देश्यले सवारीसाधनको नियमित मर्मत तथा निगरानी आवश्यक रहेको स्थानीयले बताएका छन् ।
Discussion about this post