Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आधारभूत विद्यालय मादलेको स्वर्ण जयन्ती महोत्सव भव्य रूपमा सम्पन्न

Radio Everest by Radio Everest
May 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ५, सोलुुखुम्बु । जीवन उपयोगी तथा प्रविधिमैत्री शिक्षाको मूल नारा सहित स्थापित विद्यालयले आफ्नो ५० औं वर्षगाँठ (स्वर्ण जयन्ती) विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ । वि.सं. २०३१ सालमा स्थापना भएको यस विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि निःशुल्क जग्गा दान गर्ने स्वं जुद्ध बहादुर राउत तथा श्रीमती जसोदा राउतको योगदान उल्लेखनीय रहेको छ ।

उक्त योगदानको स्मृतिमा छोरा टिकाराम राउत तथा विद्यालयका संस्थापक युवराज राउतसमेत उपस्थित रहनुभएको थियो । स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा सरस्वती मन्दिर तथा स्वर्ण स्मारक निर्माण गरिएको छ, जसको उद्घाटन प्रमुख अतिथि युवराज राउतले गर्नुभएको हो । कार्यक्रममा विद्यालयको विकासमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो ।

४० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने महानुभावहरुलाई फोटोसहित शिलालेखमा नाम अभिलेख गरिनुका साथै कदरपत्र प्रदान गरिएको छ भने २ हजार रुपैयाँभन्दा माथि सहयोग गर्नेहरूलाई नामसहितको शिलालेख र सम्मानपत्र प्रदान गरिएको छ । सोभन्दा कम सहयोग गर्नेहरुको नाम विद्यालयको अभिलेखमा राखिने आयोजक समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्ष काशिराज खड्काले जानकारी दिनुभयो । यस अवसरमा विद्यालयले अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो । सहभागी समूहहरूलाई सोही दिन पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै यसै विद्यालयका पूर्व विद्यार्थी तथा गाईघाटस्थित बालमन्दिर माविका प्रधानाध्यापक जङ्ग बहादुर खड्का (जे.बी.) ले प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारको विशेष भूमिका रहेको बताउँदै अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न आफनो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विशेष स्मारिका प्रकाशन गर्ने तयारी समेत भइरहेको स्मारिका प्रकाशन समितिका संयोजक तथा विद्यालयका पूर्व प्रधानाध्यापक डिक बहादुर खड्काले जानकारी दिनुभयो । उद्घाटन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर खत्रीको अध्यक्षता तथा संस्थापक युवराज राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Previous Post

शेर्पा बालबालिका सहायता संघद्वारा सोलुका चार विद्यालयमा छात्रावृत्ति वितरण

Next Post

इकोहिमाल नेपाल र महाकुलुङ गाउँपालिकाको संयुक्त आयोजनामा किशोरी सञ्जाल गठन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

Related Posts

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly