Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालको आयोजनामा आधारभूत तह (कक्षा १-३) का शिक्षकहरुका लागि एक महिने प्रमाणीकरण तालिम सुरु

Radio Everest by Radio Everest
May 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, साेलुखुम्बु । रीड नेपालको आयोजना, अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा शिक्षा तालिम केन्द्र सुनसरी, शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बु र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरु सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी , माप्य दुधकोशी, नेचासल्यान, सोताङ, महाकुलुङ र लिखुपिके गाउँपालिकाहरुको समन्वयमा सोलुखुम्बुको सल्लेरी स्थित जन जागृति मा वि सल्लेरीमा आधारभूत तह (कक्षा १-३) का शिक्षकहरुका लागि एक महिने प्रमाणीकरण तालिमको पहिलो खण्ड १५ दिने आमनेसामने (Face to Face) तालिम आज बाट सुरु भएको छ ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रमकाे उद्घाटन गरिएकाे हाे ।

यस्तै, कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख बिर्मा डाँगी र ज जा मा वि का प्रअ जनक कुमार थापाको पनि उपस्थिति रहेको थियो ।
तालिममा अतिथिहरुले रीड नेपालको कार्यक्रमको प्रशंसा गर्दै नेपाल सरकारले संचालन गर्ने तालिम रीड नेपालले सम्बन्धित निकायसंग समन्वय गरेर जिल्लामा नै संचालन गरेकोमा धन्यवाद दिदैँ खुसी व्यक्त गरेका थिए ।

तालिममा नगरपालिका तथा विभिन्न गाउँपालिकाका वि.सं. २०७९ अगावै प्रा वि तह स्थायी भएका र अहिलेसम्म प्रमाणीकरण तालिम नलिएका ३९ जना शिक्षकहरुको सहभागिता रहेको संयोजक केशवदेव गिरीले जानकारी दिनुभयाे ।

यस तालिम शैक्षिक जनशक्ति विकास परिषद्बाट स्वीकृत पाठ्यक्रमको आधारमा संचालन गरिने आयोजकले बताएकाे छ ।
तालिमको सहजीकरण उक्त तालिम सम्बन्धी प्रशिक्षक प्रशिक्षण लिएका सुनसरी तालिम केन्द्रका रोस्टर प्रशिक्षक तथा रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, र रीड नेपालका तालिम प्रशिक्षक वासु वाग्लेलगाएतका रीड नेपालका विषय विज्ञहरुले गरिरहनु भएको छ ।

यस अगाडी पनि रीड नेपालले सोलुखुम्बुका शिक्षकको पेसागत विकासका लागि विभिन्न चरणमा प्रमाणीकरण तालिम संचालन गरेर प्रमाणपत्र वितरण गरिसकेकाे छ ।
यस्ताे प्रभावकारी तालिम जिल्ला बाहिर गएर लिनु पर्ने तर आफ्नै जिल्लामा लिन पाउदा सहभागी शिक्षकले खुसी व्यक्त गर्दै रीड नेपाललाई धन्यवाद दिएका छन् ।

Previous Post

सोलुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम

Next Post

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ५१४ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly