जेठ ७, सोलुखुम्बु । केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलामा पहिलो पटक शैक्षिक मेला र जडिबुटि प्रदर्शनि गरिएको छ । गाउँपालिका, सिर्जनशील भरिया समाज र जी फाउण्डेशनको संयुक्त आयोजनामा बृहत कृषि मेला, शैक्षिक प्रदर्शनी, खुल्ला क्षमता प्रदर्शन र साकेलाशिलि एक साथ प्रदर्शन गरिएको हो । कृषि मेला प्रदर्शनीमा कृषकहरुले बेमौसमि उपज र बहुमुल्य जडिबुटि प्रदर्शन गरेका थिए ।
शिक्षा तर्फ विद्यार्थीहरुले विज्ञानकला, चित्रकला र हस्तकला प्रदर्शन गरेका छन् । पृथ्विमाविको प्रांगणमा भएको प्रदर्शनी अवलोकन गर्न हजारौँ को संख्यामा स्थानीय बाक्सिला पुगेका थिए । स्थानीय सरकारले यस अघि गरिएको लगानीको प्रतिफल परीक्षणको लागि बृहत प्रदर्शनी राखिएको पालिका अध्यक्ष समिर राइले बताउनु भयो । सबै विधामा उत्कृष्ट भएकाहरुलाइ पुरस्कृत गरेर पालिकाले जनताहरुलाइ हौसला प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत सौधन राइले बताउनु भयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष गुरुराज राइ, वडाअध्यक्षहरु, विषयगत शाखा प्रमुख र ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।
Discussion about this post