जेठ ७, सोलुखुम्बु । वाइसिएल नेपाल १ नम्बर प्रदेशको प्रथम सम्मेलनबाट सोलुखुम्बुको नेतृत्व गर्दै वाइसिएल नेपालको प्रदेश सह–सचिवमा टेक बहादुर रसाइली चयन हुनु भएको छ । साथै, प्रदेश सदस्यहरूमा जिल्लाबाट कुल राई, पूर्णिमा बोम्जन र रन्जना तामाङ निर्वाचित भएका छन् । यो सँगै सोलुखुम्बुबाट पहिलो पटक दुई महिला सदस्य वाइसिएल प्रदेश नेतृत्वमा पुग्न सफल भएका छन् ।
जसलाई सोलुखुम्बुको राजनीतिक तथा सामाजिक क्षेत्रमा सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । वाइसिएल नेपाल सोलुखुम्बुका जिल्ला इञ्चार्ज रश्विन मगरले नवनिर्वाचित टिमलाई शुभकामना दिँदै सोलुखुम्बुका युवाहरूको मुद्दामा निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो नेतृत्वले जिल्लाको युवा आवाजलाई प्रदेश तथा केन्द्रसम्म पुर्याउन सक्षम हुने धारणा पनि राख्नुभयो । यस सम्मेलनले सोलुखुम्बुको युवा नेतृत्वमा विविधता र समावेशिता थप्दै लैजाने अपेक्षा गरिएको छ ।
Discussion about this post