Thursday, July 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु बहुमुखी क्याम्पसका बौद्ध विषयका विद्यार्थीलाई छात्रवृत्ति वितरण, अध्ययनमा थप ऊर्जा

Radio Everest by Radio Everest
May 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसले कक्षा ११ मा बौद्ध विषय अध्ययनरत १० जना विद्यार्थीलाई प्रतिव्यक्ति ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसले बिहीबार आयोजना गरेको एक अनौपचारिक कार्यक्रमका बीच मासिक १० हजार रुपैयाँका दरले ६ महिनाको छात्रवृत्ति एकमुष्ट प्रदान गरिएको हो । क्याम्पसका प्रमुख उद्धव कुमार शर्माका अनुसार, यो छात्रवृत्ति मंसिर, पुस, माघ, फागुन, चैत्र र बैशाख महिनाको लागि प्रदान गरिएको हो ।

छात्रवृत्ति वितरण गरिएको विद्यार्थीहरूमा सोम बहादुर तामाङ, पसी शेर्पा, आङफुर्वा शेर्पा, शोमा शेर्पा, करिश्मा मगर, दावा तेन्जी शेर्पा, सेर्कीलमु शेर्पा, पेमा यंगु शेर्पा र अस्मिता तामाङ रहेका छन् । छात्रवृत्तिको व्यवस्थापन तथा सहयोगमा आङ छिरिङ शेर्पा र डा. लक्ष्मी अवलले विशेष भूमिका निर्वाह गर्नुभएको क्याम्पसले जनाएको छ । उहाँहरूले बौद्ध अध्ययन तथा वातावरण विज्ञान विषयप्रति रुचि राख्ने विद्यार्थीहरूलाई आर्थिक अभावमा पर्न नदिन निरन्तर सहयोग गरिरहनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख शर्माले दाताहरूलाई आभार व्यक्त गर्दै विद्यार्थीहरूलाई “इच्छाशक्तिका साथ अध्ययनलाई निरन्तरता दिन र छात्रवृत्तिलाई प्रेरणाको स्रोत बनाउन” आग्रह गर्नुभयो । साथै, बौद्ध विषय अध्यापन गराउने शिक्षकले पनि छात्रवृत्तिलाई मात्र होइन, शिक्षालाई प्राथमिकता दिन विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको थियो ।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले खुसी व्यक्त गर्दै भने, “हामी यस सहयोगको सदुपयोग गर्दै फजुल खर्च नगरी अध्ययनका लागि आवश्यक खर्चमा प्रयोग गर्नेछौं।” उनीहरूले क्याम्पसको प्रगतिशील सोच र प्रेरणादायी कदमको प्रसंसा गर्दै कृतज्ञता प्रकट गरेका थिए । सोलुखुम्बु बहुमुखी क्याम्पसको यो पहलले शिक्षामा पहुँच, गुणस्तर र समावेशीतालाई मजबुत बनाउँदै आएको देखिन्छ। विशेषगरी ग्रामीण तथा आर्थिक रूपले पछाडि परेका विद्यार्थीहरूका लागि यस्तो छात्रवृत्तिले उत्कृष्ट प्रेरणा र मार्गदर्शनको काम गरेको छ ।

Previous Post

थुलुङ दुधकोशी गाउँपालिकाको झण्डा फहराइयो सगरमाथाको शिखरमा

Next Post

महाकुलुङ–२ का बिरामी बसन्त कुलुङका लागि स्थानीयको सहयोगमा घर निर्माण

Related Posts

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
0
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
0
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
0
सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

July 7, 2026
0
Next Post
महाकुलुङ–२ का बिरामी बसन्त कुलुङका लागि स्थानीयको सहयोगमा घर निर्माण

महाकुलुङ–२ का बिरामी बसन्त कुलुङका लागि स्थानीयको सहयोगमा घर निर्माण

Discussion about this post

Everest Highlights

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

July 7, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

July 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly