जेठ ८, सोलुखुम्बु । सगरमाथा लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटार हुँदै बग्ने सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ। गत वर्षको बाढीले फोक्सिङटारस्थित मोटरेबल पक्की पुल बगाएपछि वैकल्पिक रूपमा अस्थायी बेलिब्रिज जडान गरिएको थियो।
तर हालसालै नदीमा पानीको सतह बढ्न थालेपछि आवतजावतमा जोखिम बढेकाले बेलिब्रिज हटाइएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । सडक विभागले रु १ करोड २ लाखको लागतमा अस्थायी बेलिब्रिज जडान तथा हटाउने जिम्मा निर्माण कम्पनीलाई दिएको थियो। बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर र काँकडभिट्टातर्फको यात्रा कठिन भएको छ।
हाल यात्रुहरूले वैकल्पिक मार्गका रूपमा दिक्तेल–हलेसी–जयरामघाट–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ। तर उक्त बाटो साँघुरो, कठिन र लामो भएकाले यात्रुहरूलाई निकै असहज भएको छ।
Discussion about this post