जेठ ९, सोलुखुम्बु । रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि सुनकोशी नदी किनारमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भुजेल जेठ ४ गते दिउँसो करिब २ः१५ बजे माछा मार्न सुनकोशी नदी गएका थिए। सोही दिनदेखि उहाँ बेपत्ता भएका थिए।
आज बिहान करिब १०ः३० बजे सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित वलेनीघाट नजिकैको सुनकोशी नदी किनारमा एक अज्ञात शव फेला परेको सूचना इलाका प्रहरी कार्यालय खुर्कोटलाई प्राप्त भएको थियो।
सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थल पुगेर शवको पहिचान गरेको थियो। मृतकको परिवारजनले शव प्रेम बहादुर भुजेलकै भएको पुष्टि गरेका छन्। हाल घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Discussion about this post