जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको एक आधारभुत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ काँगेल स्थित ठुलढुंगा आधारभुत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच उक्त आधारभुत विद्यालयका १७ जना नानीबाबुहरूलाई झोला वितरण गरिएको नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति नवीन बस्नेतले बताउनुभयो ।
झोला वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नवीन थापा, तरुण दलका केन्द्रिय सदस्य एवं नेपाली काङ्ग्रेस प्रदेश सभा क सोलुखुम्बुका प्रवक्ता आश्विन बाबु थापा, नेपाली काङ्ग्रेस कागेलका वडा सभापति भीम बहादुर बस्नेत, काङ्ग्रेस नेता पोस्ट राज काफ्ले, खगेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो उक्त ।
विव्यस सदस्य सदस्य बाल कुमार भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले झोला प्राप्त गरेको प्रति खुसी व्यक्त गर्दै यसले आफूहरूको अध्ययनमा थप उर्जा थपिदिएको बताएका छन् ।
Discussion about this post