जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चीत पालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समिति संयोजक बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चीत पालिका घोषणा गरिएको हो ।
७ वडा वडाका सबै बालबालिकालाई खोप लगाइ सकिएपछि राष्ट्रिय खोप निर्देशीका अनुसार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । गाउँपालिकामा रहेका २ सय ६० लक्षित बालबालिका मध्ये चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म १ सय ४० जना बालबालिकालाई सबैखाले खोप लगाइएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितेन्द्र कुमार यादवका अनुसार यस वर्ष गाउँपालिकामा खोप लगाउने उमेर समुह भएका एक्त सङ्ख्याका बालबालिका मध्ये १ सय ४० बालबालिकालाई पूर्ण खोप लगाइएको हो ।
गाउँपालिकाका ७ वडा मध्ये जुभिङका २२, वडा नम्बर २ केत का १०, गाउँपालिका अस्पतालबाट ११, लुस्कुबाट १४, कोफुबाट २५, वाकुबाट ३९ र रोचम बाट १९ जना बालबालिकालाई खोप लगाइ सकिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार जन्मेदेखि १५ महिना सम्मका बालबालिकालाई घरधुरी सर्वेक्षण गरि घुटेको पाएको अवस्थामा पनि खोप लगाइएको हो ।
गाउँपालिकाले स्वास्थ्य सेवालाई संवेदनशिल सेवाको रुपमा लिएर काम गरिरहेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरव राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराई सहित गाउँपालिकाका विषयगत शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post