जेठ १५, सोलुखुम्बु । सरकारले बाँदरको जोखिम क्षेत्रमा सिमल,तरुल,चिया,बेसार खेती लगाउनेमा प्रोत्साहन गर्ने भएको छ। आज संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले त्यस्ता क्षेत्रमा चिया, कफी अदुवा खुर्सानी लगायत बाली लगाउनमा प्रोत्साहन गराइने बताउनुभयो। उहाँले पशुपालन, मासु उत्पादनमा पनि प्रोत्साहन गर्ने बताउनुभयो ।
Discussion about this post