जेठ १७, सोलुखुम्बु । किराँत समुदायको चाड साकेला उभौलीको अवसरमा तुवाचुङ् जायजुम संरक्षण समिति खोटाङद्वारा आयोजित “तुवाचुङ् डे” कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गर्नुभएको छ । शनिबार नेता कोइरालाले “तुवाचुङ् डे” कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैँ किराँत समुदायसँगै रहेको बताउनुभयोे । उहाँले संविधानसभाबाट संविधान निर्माणको क्रममा पहिचान र समावेशी समानुपातिक प्रतिनिधित्वको विषयमा आफ्नो अडान स्पष्ट रहेको उल्लेख गर्नुभयो । नेता कोइरालाले नेपाली कांग्रेसले सधैँ द्वन्द्व मेटिने र सबैले पहिचान पाउने समाज निर्माणमा विश्वास राख्ने बताउनुभयो ।
साथै, हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, हलेसी–तुवाचुङ् नगरपालिकाकी मेयर विमला राई, दिक्तेल–मझुवागढी नगरपालिकाका मेयर तिर्थ भट्टराई, तुवाचुङ् जायजुम संरक्षण समितिका अध्यक्ष सर्बधन राई, महासचिव दिनेश राई लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post