जेठ १८, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गरेको छ । नवगठित कार्यसमितिमा अध्यक्षको जिम्मेवारी हिमाल राईले सम्हाल्ने भएका छन् ।
उपाध्यक्षमा उषा कटवाल, कमला मगर र कल्पना श्रेष्ठ चयन भएका छन् । सचिवको रूपमा भोजराज खतिवडा चयन हुनु भएको छ भने सहसचिवमा भिष्म श्रेष्ठ र नेत्र भट्टराई (अनिल) निर्वाचित हुनुभएको छ । साथै, कोषाध्यक्षको जिम्मेवारी सुवास के.सी.ले सम्हाल्नु हुने भएको छ ।
नयाँ कार्यसमिति चयनसँगै अधिवेशनले संगठन सुदृढीकरण, स्थानीय तहमा जनसरोकारका मुद्दा उठाउने र समावेशी नेतृत्वद्वारा राजनीतिक मार्गचित्र अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
Discussion about this post