Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

Radio Everest by Radio Everest
June 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सोलुखुम्बुमा रहेका विभिन्न २० विकास आयोजनाका लागि कुल २४ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । राष्ट्रिय योजनाबाट विनियोजन भएको उक्त बजेटमध्ये समपूरक अनुदानतर्फ १२ करोड ४५ लाख र विशेष अनुदानतर्फ १२ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

समपूरक अनुदान अन्तरगत खुम्बु पासाङल्हामु गाउँपालिकाको ङिम दोर्जी सडक ट्रयाक ओपनका लागि २ करोड २० लाख, महाकुलुङ गाउँपालिकाको बुदुम खोला प्रिस्ट्रेस्ड मोटरेबल पुल निर्माणका लागि ९० लाख, सोताङ गाउँपालिका–३ मा खेलमैदान निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सोताङकै दिप्लिघाट बजार, बरबोट आधारभूत विद्यालय, पाँचकन्या कालिका मन्दिर, खहरे आ.वि., वडा नं. ३ कार्यालय हुँदै गाउँपालिका केन्द्रसम्मको सडक स्तरउन्नति तथा कालोपत्रे गर्न १ करोड ६ लाख विनियोजन गरिएको छ ।

त्यस्तै माप्य दुधकोशी गाउँपालिकाको लामाबगर मोटरेबल पुल निर्माणका लागि १ करोड ३८ लाख, थुलुङ दुधकोशी गाउँपालिकाको पंचन–सेसेल्मु–सिरुवानी सडक ट्रयाक ओपनका लागि ५२ लाख र नेचासल्यान गाउँपालिकाको गौरीटाप पर्यटक पार्क निर्माणका लागि १ करोड २२ लाख बजेट छुट्याइएको छ । विशेष अनुदानअन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाको नुनथला बजार व्यवस्थापनका लागि १ करोड ४ लाख, लिखुपिके गाउँपालिकाको लिखु खोला देखि लाम माने सडक स्तरउन्नति कार्यका लागि १ करोड ८० लाख र पिके टुरिजम एरिया आयोजना निर्माणका लागि ८३ लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय बजेट विनियोजन गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको हिमालयन आधारभूत विद्यालय, नाम्चेमा छात्रावास निर्माणका लागि ६९ लाख, महाकुलुङ गाउँपालिकाको प्राथमिक अस्पतालमा सिईओएनसी कार्यक्रम सञ्चालनका लागि ७५ लाख तथा अस्पताल सञ्चालन व्यवस्थापनका लागि ६९ लाख विनियोजन गरिएको छ ।

सोताङ प्राथमिक अस्पतालका लागि उपकरण खरिद र व्यवस्थापनमा १ करोड ६५ लाख, थुलुङ दुधकोशी अस्पताल सुदृढीकरणका लागि १ करोड ६५ लाख, र माप्यदुधकोशीको रेप्पदु खानेपानी आयोजनामा बजेट विनियोजन गरिएको छ । नेचासल्यान गाउँपालिकामा कृषि विकास तथा व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागि २ करोड २५ लाख र शैक्षिक विकास तथा साक्षरतामा सुधारका लागि १ करोड ६५ लाख विनियोजन गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकास्थित सोलुखुम्बु बहुमुखी क्याम्पसमा आइसिटी, ई–लाइब्रेरी, फर्निचर तथा घेराबार व्यवस्थापनका लागि पनि १ करोड ६५ लाख बजेट छुट्याइएको छ । त्यस्तै, लिखुपिके गाउँपालिकामा रहेका विपन्न तथा सिमान्तकृत थामी समुदायका लागि नमुना आवास निर्माणका लागि ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटले जिल्लाका पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषि क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

Next Post

खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly