Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

Radio Everest by Radio Everest
June 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २०, सोलुखुम्बु । “उज्यालो ताप्ली, दिगो विकास र बालमैत्री सहितको पूर्वाधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार, हरियाली ताप्लीको समृद्धिको आधार” भन्ने मूल नाराका साथ ताप्ली गाउँपालिका–१, ओख्लेलाई बालमैत्री वडा घोषणा गरिएको छ । ५१ वटा बालमैत्री सूचकहरू पूरा गरेपछि औपचारिक कार्यक्रमका बीच यो घोषणा गरिएको हो । कार्यक्रममा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज बिश्वकर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो भने उपाध्यक्ष धनामाया मगर, प्रमुख प्रशासनिक अधिकृत मनोज कुमार मगर, पाँचै वडाका वडाध्यक्षहरू, जाल्पा एकीकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेल, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेण्डेक) का अध्यक्ष शंकर बहादुर थापा र वल्र्ड भिजन इन्टरनेशनल नेपालका कार्यक्रम प्रमुख आनन्द खड्का विशेष आतिथ्यता रहेको थियो ।

बालमैत्री वडा घोषणामा विशेष भूमिका निर्वाह गर्ने संस्थाहरूमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल, जाल्पा एकीकृत विकास समाज र हुरेण्डेक उदयपुर रहेका छन् । ती संस्थाहरूले विगत केही वर्षदेखि शिक्षा, स्वास्थ्य, बाल स्पोन्सरसिप, जीविकोपार्जन लगायतका क्षेत्रमा काम गर्दै आएका छन् । ताप्ली–१ ओख्ले गाउँपालिकाको तेस्रो बालमैत्री वडा बनेको हो । यस उपलब्धिमा वडाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, बाल क्लब, युवा क्लब, विद्यालय, जनप्रतिनिधि तथा कर्मचारीहरूको महत्वपूर्ण योगदान रहेको कार्यक्रमका वक्ताहरूले बताएका छन् । कार्यक्रममा हुरेण्डेक अध्यक्ष शंकर बहादुर थापाले ५१ वटा सूचकहरू पुरा गर्न समन्वयात्मक रूपमा काम गरिएको उल्लेख गर्दै अब पोषणमैत्री वडा तथा स्थानीय तह घोषणा गर्न चरणबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष धनामाया मगरले बालबालिकाको समग्र विकासका लागि बजेटमा कुनै कञ्जुस्याइँ नगरेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माले बालमैत्री वडा घोषणाका लागि सबै साझेदार संस्था, पालिका, वडा तथा विषयगत शाखाका कर्मचारी र जनप्रतिनिधिहरूको योगदानको सराहना गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिहरू, संस्था प्रतिनिधि, स्वयंसेविका, विद्यालय प्रमुख तथा टोल विकास संस्थाका प्रतिनिधिलाई प्रशंसापत्र, कदरपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रम वडा अध्यक्ष उद्धव हमालको सभापतित्वमा सम्पन्न भएको हो । सहकर्मी ठबिन्द्र मगरका अनुसार यो कार्यक्रम ताप्ली–१ ओख्ले वडा कार्यालयको आयोजनामा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल, जाल्पा एकीकृत विकास समाज र हुरेण्डेकको सहयोगमा सम्पन्न भएको हो ।

Previous Post

हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

Next Post

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

Related Posts

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly