जेठ २१, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकामा मेलमिलापसम्बन्धी आठ दिने आधारभूत तालिम मंगलबारदेखि सुरु भएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा तथा मानव अधिकार मञ्च नेपाल, इलामको सहजीकरणमा सञ्चालित तालिममा न्यायिक समितिका सदस्यहरूसहित गाउँपालिकाका ६ वटै वडाबाट छनोट गरिएका २२ जना सहभागी छन् ।
गाउँपालिकाको सभाहलमा आयोजित तालिमको उद्घाटन गर्दै अध्यक्ष फटिक कुमार श्रेष्ठले स्थानीय तहमा उत्पन्न हुने विवादहरूको समाधानमा मेलमिलाप प्रक्रियाको महत्त्वमाथि प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा उत्पन्न हुने विवादहरूलाई छिटो, सरल र कम खर्चिलो तरिकाले समाधान गर्न मेलमिलाप प्रक्रिया प्रभावकारी माध्यम हो ।” तालिमको सहजीकरण मानव अधिकार मञ्च नेपाल, इलामका याम कुमार मावो लिम्बु र सन्तोष मगरले गरिरहनुभएको छ ।
गाउँपालिकाको योजना शाखा प्रमुख विनोद राईले तालिमको उद्देश्य सहभागीहरूलाई व्यवहारिक सीप र ज्ञान प्रदान गर्नु रहेको बताउनुभयो । जसले गर्दा उनीहरूले समुदायमा उत्पन्न हुने विवादहरू स्वदेशी तथा सामुदायिक शैलीमा समाधान गर्न सक्ने उहाँको भनाई छ । उक्त तालिमबाट स्थानीय स्तरमा न्यायिक क्षमताको सशक्तिकरण भई मेलमिलाप संस्कृति प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
Discussion about this post