Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

Radio Everest by Radio Everest
June 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २१, सोलुखुम्बु । “दलित–गैरदलितबीच हुने सामाजिक अवरोध विरुद्ध ताप्लीबासी उठौँ, जातीय विभेद र छुवाछूत अन्त्य गर्न सबै मिलि अघि बढौँ“ भन्ने मूल नाराका साथ ताप्ली गाउँपालिकामा जातीय छुवाछूत तथा सामाजिक भेदभावविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघले २१ मार्च १९६५ मा सबै किसिमका जातीय भेदभाव अन्त्य गर्न अन्तर्राष्ट्रिय महासन्धि जारी गरेको सन्दर्भमा हरेक वर्ष २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस’का रूपमा मनाइँदै आएको छ ।

सोही अवसरमा ताप्ली गाउँपालिकामा दलित समाज विकास सञ्जालको आयोजनामा भव्य कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्मा, विशिष्ट अतिथि उपाध्यक्ष धनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार मगर, पाँचै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल, शिक्षक प्रतिनिधि, विभिन्न जातीय संघसंस्था, तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन महेन्द्र रत्न मावि रुपाटारको प्राङ्गणबाट पञ्चेबाजासहित “दलित र गैरदलितबीचको विभेद अन्त्य गरौँ“, “राष्ट्रिय दलित एकता सफल पारौँ“, “छुवाछूत र जातीय विभेद गर्नु जघन्य सामाजिक अपराध हो“ भन्ने नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित ¥याली निकालिएको थियो ।

र्याली गाउँपालिका भवन हुँदै पुनः विद्यालय परिसरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा मन्तव्य दिने अधिकांश वक्ताहरूले दलित र गैरदलितबीच अझै पनि तल्लो तहमा जातीय भेदभाव व्याप्त रहेको भन्दै यसलाई अन्त्य गर्न नीति–नियम मात्र होइन, व्यवहारिक रूपान्तरण जरुरी भएको उल्लेख गरेका थिए । सभ्य समाज निर्माणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिइएको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो । यस्तै उपाध्यक्ष मगरले कुनै पनि जात–जातिमा विभेद हुन नहुने वर्तमान चेतनाको आवश्यकता औँल्याउँदै, सबै समुदायले एकअर्काको सम्मान गर्नुपर्ने बताउनुभयो ।

दलित समुदायले अपनाएका पेशा प्रति गर्व गर्नुपर्ने र कुनै पनि पेशालाई तुच्छ नठान्न अनुरोध गर्नुभयो । प्रमुख अतिथि ढुङ्गराज विश्वकर्माले भने, दलित समुदायका मौलिक पेशा—पञ्चेबाजा, सिलाई–कटिङ, आरन आदि—को संरक्षण र प्रवद्र्धन अत्यावश्यक रहेको बताउनुभयो । स्थानिय सरकारको पहलमा दलित समुदायको शिक्षा, रोजगार लगायतका क्षेत्रमा संघ र प्रदेश सरकारसँग समन्वय गरि कार्यक्रम अगाडि बढाइएको जानकारी गराउनुभयो । उक्त कार्यक्रम सञ्जालका अध्यक्ष हरि लगुनको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमले ताप्ली गाउँपालिकामा जातीय समानता र सामाजिक समावेशीतातर्फको सशक्त सन्देश दिएको सहभागीहरूको धारणा थियो ।

Previous Post

सोलुदुधकुण्ड १ टाक्सिन्दुको सार्वजनिक सुनुवाई : शतप्रतिशत प्रगति

Next Post

सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly