जेठ २२, सोलुखुम्बु । संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सिन्धुली जिल्लाका नौ स्थानीय तहलाई कुल ४ अर्ब ९ करोड ७ लाख रुपैयाँ बराबरको वित्तीय हस्तान्तरणको व्यवस्था गरेको छ। बजेट भाषणमार्फत उक्त रकम विभिन्न शीर्षकमा विनियोजन गरिएको हो। सिन्धुलीका दुई नगरपालिका ९कमलामाई र दुग्धोसेरक० लाई १ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ र सातवटा गाउँपालिकालाई २ अर्ब ६७ करोड ३८ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ।
चारवटा शीर्षक अन्तर्गत बजेट वितरण गरिएको छ ।
वित्तीय समानीकरण अनुदान : १ अर्ब १ करोड ९६ लाख
सशर्त अनुदान : २ अर्ब ८८ करोड ७१ लाख
विशेष अनुदान : ११ करोड ४० लाख
समपूरक अनुदान : ७ करोड
वित्तीय समानीकरण अनुदानभित्र :
न्यूनतम अनुदान : ४० करोड ५० लाख
सूत्रमा आधारित : ५६ करोड ८९ लाख
कार्यसम्पादनमा आधारित : ४ करोड ५७ लाख
खर्च संरचना :
चालू खर्च :३ अर्ब ७९ करोड ६० लाख
पुँजीगत खर्च : २९ करोड ४७ लाख
विशेष अनुदान अन्तर्गत पनि चालू र पुँजीगत खर्चमा विभाजन गरिएको छ। चालू खर्चतर्फ ७ करोड ९२ लाख र पुँजीगततर्फ ३ करोड ४८ लाख विनियोजन गरिएको छ। सिन्धुली जिल्लाले प्राप्त गर्ने चार प्रकारका अनुदानमध्ये समपूरक अनुदान बाहेक सबै शीर्षकमा चालू खर्चका लागि विनियोजन बढी गरिएको छ। यस बजेट विनियोजनले जिल्लामा सेवा प्रवाह र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
Discussion about this post