Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङले पायो करोडौंको संघीय अनुदान, अस्पताल र पुल निर्माणमा बजेट विनियोजन

Radio Everest by Radio Everest
June 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २३, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय समपूरक तथा विशेष अनुदान शीर्षकमा करोडौं रुपैयाँ बराबरको बजेट प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङका अनुसार संघीय समपूरक अनुदान अन्तर्गत बुदुम खोला प्रिस्ट्रेस मोटरेबल पुल निर्माणका लागि ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, विशेष अनुदान अन्तर्गत महाकुलुङ आधारभूत अस्पताल व्यवस्थापन तथा निर्माणका लागि चालुतर्फ ७५ लाख र पूँजीगत तर्फ ६९ लाख गरी कुल १ करोड ४४ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

अघिल्लो वर्ष विशेष अनुदान अन्तर्गत ५० लाख रुपैयाँ मात्र प्राप्त भएको थियो ।, अध्यक्ष कुलुङका अनुसार यो संघीय समपूरक अनुदान गाउँपालिकाले पहिलोपटक प्राप्त गरेको हो भने विशेष अनुदान दोस्रोपटक प्राप्त भएको हो । “राष्ट्रिय योजना आयोगको अनलाइन प्रणालीमा योजनाहरू प्रविष्ट गरेपछि मात्र यी अनुदानहरू प्राप्त हुने प्रक्रिया हुन्छ,“ कुलुङले बताउनुभयो । यस कार्यमा सहयोग पुर्याउने कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्दै उहाँले समयमै योजना प्रविष्टि गर्नुको महत्त्व पनि औंल्याउनुभयो । अर्थ मन्त्रालयले विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१ र समपूरक अनुदान कार्यविधि, २०८१ तर्जुमा गरी लागू गरेपछि राष्ट्रिय योजना आयोगमार्फत सूचना प्रकाशन गरी प्रस्ताव मागिएको थियो ।

यसैबीच, महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीय पूर्वाधार विभाग (डोली) बाट लागत साझेदारीमा परियोजना स्वीकृत भएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त परियोजनामा गाउँपालिकाको ४० प्रतिशत र विभागको ६० प्रतिशत लागत साझेदारी रहनेछ। चालु आर्थिक वर्षभित्रै करिब १ करोड रुपैयाँ बजेट प्राप्त हुने गरी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । अध्यक्ष कुलुङले परियोजना स्वीकृत गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उप–प्रधान तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहप्रति आभार व्यक्त गर्नुभयो ।

Previous Post

ओखलढुङ्गामा राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी, २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

Next Post

ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly