Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्थानीय उत्पादन बजारीकरणमा भूमिका खेलेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई स्थानीय उत्पादनको बजारीकरणमा खेलेको सक्रिय भूमिकाका लागि विशेष सम्मान गरिएको छ । रैथाने कृषि उपज तथा वस्तुहरूको प्रवद्र्धन र संरक्षणका लागि सञ्चालन हुँदै आएको ‘रैथाने हाटबजार’ १०० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अध्यक्ष राईलाई सम्मानित गरेका हुन् । काठमाडौँको दरबारमार्गस्थित ओरियण्ट क्याफेमा शनिबार सम्पन्न सो कार्यक्रममा रैथाने एग्री प्रडक्टस् नेपालले आयोजना गरेको विशेष अन्तरक्रियामा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा आयोजक संस्थाले अध्यक्ष राईले गाउँपालिकाबाट उत्पादित कृषि वस्तुहरूको बजारीकरणमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरिएको जानकारी गराउनुभयो । गाउँपालिकाको ‘कृषि एम्बुलेन्स’ प्रयोग गरी रैथाने हाटबजारसम्म स्थानीय उत्पादन पु¥याउने व्यवस्थामा राईको अग्रसरता रहेको जनाइएको छ । अध्यक्ष राईको अगुवाइमा थुलुङ दुधकोशीमा रैथाने कृषि उत्पादन, परम्परागत सीप तथा प्रविधिको प्रवद्र्धन र संरक्षणका प्रयासले आगामी दिनमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ । कार्यक्रम एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङ, कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाललगायतले सहभागी जनाएका थिए । कृषिमन्त्री अधिकारीले आयातित वस्तुको अत्यधिक उपभोगका कारण स्वास्थ्यमा असर पुगेको भन्दै विषादीरहित परम्परागत बालीको प्रवद्र्धनमा सरकारले आगामी बजेटमार्फत कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।

“अब अत्यावश्यक खाद्य वस्तुको आयात प्रतिस्थापन गरी व्यावसायिक कृषि विकासमा केन्द्रित हुनुपर्ने बेला आएको छ,” मन्त्री अधिकारीको भनाइ थियो । रैथाने उत्पादनप्रतिको जागरणसँगै बजारसम्म पहुँच, उपभोग र व्यवसायीकरणका पक्षमा थुलुङ दुधकोशी गाउँपालिकाको प्रयास उदाहरणीय रहेको सहभागीहरूले बताएका छन् ।

Previous Post

खानेपानी मुहान सरसफाई तथा जाँच गर्ने सोलुदुधकुण्ड नगरपालिकाको निर्णय

Next Post

हलेसी तुवाचुङलाई ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly