Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसी तुवाचुङलाई ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । कोशी प्रदेश अन्तर्गत खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले ८८प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) बाट प्रदान गरिने ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने यस पुरस्कारमा यस वर्ष हलेसी तुवाचुङले शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता र नवीन पहलका कारण उत्कृष्ट ठहरिँदै सम्मानित भएको हो ।

पानका अध्यक्ष सुदामप्रसाद गौतमका अनुसार, डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्यांकन गरी नगरपालिकालाई कोशी प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित गरेको हो । पुरस्कार पानको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा प्रदान गरिएको हो। ‘नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ’ भन्ने नारामा आयोजित सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नगर प्रमुख विमला राईलाई दोसल्ला ओढाएर पुरस्कार हस्तान्तरण गरेका थिए ।

सम्मेलनमा देशभरबाट आएका शिक्षाविद्, नीति निर्माता, प्राध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावक गरी एक हजारभन्दा बढीको सहभागिता रहेको थियो। गाउँपालिकातर्फ भने कोशी प्रदेशबाट ईलामको रोङ गाउँपालिका पुरस्कृत भएको छ । नगर प्रमुख विमला राईका अनुसार, पुरस्कार प्राप्त गर्नु नगरपालिकाका लागि ठूलो हौसला र प्रेरणा भएको छ। हलेसी तुवाचुङले विगत केही वर्षयता शिक्षा क्षेत्र सुधारमा निरन्तर प्रयास गर्दै आएको छ ।

हाल नगरपालिकाभित्र ९० वटा विद्यालय सञ्चालनमा छन्। पछिल्ला तीन वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्रविधियुक्त कार्यक्रम सञ्चालन, शिक्षण विधि सुधार, प्रयोगात्मक सिकाइ, पुस्तकालय स्थापना, बालमैत्री संरचना निर्माण, खानेपानी तथा शौचालय व्यवस्थापन, शिक्षक तालिम, नियमित अनुगमन लगायत थुप्रै महत्वपूर्ण कार्यहरू भएका छन् ।

नगरपालिकाले हालसम्म २६ वटा आरसिसी भवन निर्माण गरिसकेको छ भने २८ वटा विद्यालयको भवन मर्मत गरिएको छ। दिवाखाजा, छात्रवृत्ति कार्यक्रमजस्ता शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रमहरू पनि प्रभावकारीरूपमा सञ्चालनमा छन् । महिलाको नेतृत्वमा अघि बढेको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षाको क्षेत्रमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै जिल्लाभर सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।

Previous Post

स्थानीय उत्पादन बजारीकरणमा भूमिका खेलेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित

Next Post

सोलुदुधकुण्डमा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
सोलुदुधकुण्डमा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सोलुदुधकुण्डमा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly