जेठ २४, सोलुखुम्बु । सङ्खुवासभा उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल(चीन सीमानाकाको सीमास्तम्भ पुरिएको छ। अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला १ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
बाढीले नेपाल, चीन सीमानाकामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ बगाएको हो। भोटखोला १ स्थित दोङगोप्पा खोला र छोकाङ खोलामा जेठ १८ गते आएको बाढीले नेपाल(चीन सीमानाकाको ७१ नम्बर सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर बेपत्ता भएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरीचौकी किमाथाङ्काबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ। समाचार लेख
Discussion about this post