Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भूकम्प र बाढीपहिरोले थेचिएकाे विपी राजमार्ग

Radio Everest by Radio Everest
June 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २६, साेलुखुम्बु ।   सङ्घीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको विपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ। उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ। वर्षायाममा केही भागमा क्षति पुर्‍याए पनि गतसाल असोजमा भएको अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ।

विसं २०७२ को विनासकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए। देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किलोमिटर लामो सडक बनेको हो। करिब २६ अर्ब जापानी रुपियाँ बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोडेको हो। यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट हटाइदिएको थियो।

सङ्घीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ। तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई बाढीले थप क्षतिग्रस्त बनाएको हो। राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन्। वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ।

गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पुर्‍याएको हो। विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ। त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो। हाल बर्षायात्रम सुरु भैसकेकाले उक्त राजमार्गले कति ठूलो क्षति ब्यहोर्ला भन्नेमा अनुमान गर्न सकिएको छैन। काभ्रेपलाञ्चोक तर्फको नार्केबजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएको छ।

गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत वैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको छ। यस राजमार्गको क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन। अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै साढे आठ अर्ब रुपैयाँको सहमति दिएको थियो।

सडक विभागले तयारी पनि गरेको छ, तर वर्षात्ले काम सुरु गर्न मुस्किल बनाइरहेको छ। सडक विभागको अध्ययन प्रतिवेदनअनुसार अनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै रु १० अर्ब लाग्नेछ। त्यसमध्ये पनि करिब आठ किलोमिटर सडक त पूरै कटान भएको छ, जहाँ नयाँ ट्रयाक बनाउनुपर्ने देखिन्छ। भौगोलिक जटिलता र बारम्बारको बाढीले काम झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ।

जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक अध्ययनले विपी राजमार्गमा १६ टनभन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ। तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारी साधन सञ्चालन गर्दै आइरहेका छन्। विपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाधरुपमा सञ्चालन हुने गरे पनि नियम कार्यान्वयन गर्ने प्रहरी भने मूकदर्शक बन्ने गरेको देखिन्छ।

विपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने ट्रिपर रहेका छन्। दैनिक यस सडकमा छ सयभन्दा बढी ट्रिपर क्षमताभन्दा बढी भार लिएर सञ्चालन भइरहेका छन्। बेलाबखत प्रहरीले जाँच गरे पनि नियमित रुपमा अनुगमन हुन सकिरहेको छैन। यसको फाइदा ट्रिपर व्यवसायीले उठाउँदै आएका छन्। सङ्गठित रुपमा ट्रिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै विपी राजमार्गको संरचनालाई जोखिममा पारिहरेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल विपी राजमार्गमा साना–ठूला गरी दैनिक तीन हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन्। मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन विपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन्। यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रो बस बढी सञ्चालन हुने गरेका छन्।

यसैबीच गत असोज दोस्रोसाता रोशी खोलाको बाढीले विपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको सडकलाई चारखण्डमा पुनर्निर्माण गर्ने जनाएको हो। कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ। यस्तै एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएपछि सकारात्मक देखिएको कार्यालयले जनाएको छ।

काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ। क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ।

काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेंसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८ दशमलव ५ किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनीयर सुमन योगेशले जानकारी दिए।

उनका अनुसार विपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारबाट रु आठ अर्ब ५० करोड बजेट सुनिश्चित भएको छ। त्यस बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको खण्डका लागि रु एक अर्बले सडकको स्थायी पुनर्निर्माण गरिनेछ।

बर्खेखोलादेखि डालाबेँसीसम्मको ५ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जाइकासँग छलफल भएअनुसार जाइकाले स्थलगत अध्ययन गरिरहेकाले यस सडकखण्ड पुनःनिर्माणका लागि जापान सरकार करिब तयार जस्तै देखिएको इन्जिनीयर योगेशले बताए। ‘यस सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउने खालका नयाँ काम हुनसक्ने देखिन्छ, यसका लागि जाइकासँग छलफल चलिरहेको छ, हालको अवस्था हेर्दा जाइकाले चासो दिइरहेकाले हामीले यस खण्डको बोलपत्र निकाल्न कुरेका हौँ,’ उनले भने।

यस सडकखण्डका सानासाना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उनको भनाइ छ। उनले सूचना प्रकाशित गरिएका सडकखण्डको पुनर्निर्माण गर्न जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको बताए। यस्तै क्षतिग्रस्त राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहजरुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ। कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ।

हाल विपी राजमार्गको यस सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ। योगेशले दैनिक विभिन्न ३७ उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताए। वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाइरहेको उनको भनाइ छ।

‘वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउने लगायतको अस्थायी काम सक्नेछौँ’, उनले भने।

यसैबीच विपी राजमार्गको डालाबेसी–बर्खेखोला’ पाँच दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ। सरकारले चार वटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो। सडक विभागका इन्जिनीयर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्ने÷नगर्नेबारे टुङ्गो भने लागेको छैन। यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो।

जाइकाले अध्ययन गरे पनि क्षतिग्रस्त सडकखढड पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि हाल सरकारले चार प्याकेज बनाएर तीन खण्डको ठेक्का आह्वान गरिसकेको हो।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। यस राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ।

Previous Post

नेचासल्यानमा मेलमिलापकर्ताका लागि तीन दिने पूर्णताजगी तालिम जारी

Next Post

अमेरिकाको लस एन्जल्स हिंसा भड्किँदै, ट्रम्पले हस्तक्षेप गरेको भन्दै राज्य सरकार असन्तुष्ट

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
Next Post
अमेरिकाको लस एन्जल्स हिंसा भड्किँदै, ट्रम्पले हस्तक्षेप गरेको भन्दै राज्य सरकार असन्तुष्ट

अमेरिकाको लस एन्जल्स हिंसा भड्किँदै, ट्रम्पले हस्तक्षेप गरेको भन्दै राज्य सरकार असन्तुष्ट

Discussion about this post

Everest Highlights

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly