कार्तिक २४, सोलुखुम्बु । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमाण्डर’ गणेशमान सिंहको १११औँ जन्मजयन्ती विविध कार्यक्रम गरी सोमबार मनाइँदै छ। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण बनेका सिंह सबैका लागि प्रेरणाको स्रोतको रूपमा छन्।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।










Discussion about this post