Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

Radio Everest by Radio Everest
June 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

ओखलढुंगाका किरात राईहरुले उभौली चाडकाे अवसरमा शनिबार साकेला सिली र हङ सिली प्रदर्शन गरेका छन् । किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजना तथा किरात राई बायुङ सुम्निखिमको सह–आयोजनामा शनिबार उभौली चाड तथा यलदोङ ५०८५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै नृत्य प्रदर्शन गरिएको हो ।

यायोक्खा जिल्ला कार्यसमितिका संस्थापक अध्यक्ष बुद्धिकुमार राईको प्रमुख आतिथ्यता तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा किराँत राईहरुको मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा यायोक्खा ओखलढुंगाका संस्थापक अध्यक्ष राईले भाषा, संस्कार र सँस्कृति जोगाइराख्न तथा पुस्तान्तरण गर्न यस प्रकारका कार्यक्रम महत्वपुर्ण हुने बताउनु भयाे ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सबै जातजाति भाषा धर्म संस्कृतिको विकास र प्रवद्र्धनमा नगरपालिकाले सहयोग गरिरहेको बताउँदै यायोक्खालाई नगरपालिकाले ५० हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ ।

किरात सभ्यताको सम्मान, मौलिक कला र संस्कृतिको संरक्षणका लागि हरेक बर्ष यस किसिमका कार्यक्रम गर्ने गरिएको आयोजक यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईकाे भनाइ थियाे ।

किरात राईहरुले बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई उभौली भन्दछन् भने बाली तयार भएपछि बाली घर भित्राइने यामलाई उधौली भन्ने गर्दछन्। यी दुवै याममा, किराँत समुदायले प्रकृतिको पूजा–आजा गरी यी पर्वहरू मनाउने गर्दछन्।

कार्यक्रममा नगर प्रमुख खनाल, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, मानेभन्ज्याङ गाउँपालिका उपाध्यक्ष आश्राचन राई, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराई, यायोक्खाका पदाधिकारी, किरात राई बायुङ सुम्निखिमका पदाधिकारी, पत्रकार र स्थानीयको सहभागीता रहेको थियो ।

जिल्लामा बायुङ, वाम्बुले, थुलुङ र जेरो राईहरुको बसोबास छ । बायुङ राईले हङ सिली, थुलुङ राईले सेग्रो, वाम्बुले राईले खाउमो सिली र जेरो राईहरुले नुल नाच्ने चलन रहेको किरात राई यायोक्खा जिल्ला कार्य समितिका सचिव ताराहाङ राईले बताएका छन् ।

Previous Post

सोलुखुम्बुका मिलन र त्रिभुवन आर्मी क्लबकी रोकाया लाङटाङ ट्रेल रनमा च्याम्पियन

Next Post

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

Related Posts

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
0
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

Discussion about this post

Everest Highlights

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly