जेठ २६,साेलुखुम्बु । घरेलु कार्यालय सोलुखुम्बुले खरिखोलाका कृषकलाई मौरी पालन र अचार बनाउने तालिम प्रदान गरेको छ । जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका १ खरिखोलाका कृषकहरुलाई उक्त तालिम प्रदान गरेको हो ।
मौरी पालन तथा कृत्रिम रानो बनाउने तालिमबाट १४ जना र अचार बनाउने तालिमबाट २३ जनाले सहभागी भएर सिप सिकेका घरेलु कार्यालयका कार्यक्रम संयोजक टेकराज बस्नेतले जानकारी दिनुभयो ।मौरी पालन तालिम जेठ ११ गतेदेखी सुरु भएर जेठ २५ गतेसम्म र अचार बनाउने तालिम जेठ १२ गतेदेखी १८ गतेसम्म सञ्चालन भएको थियो ।
उक्त कार्यक्रम खुम्बुपासाङ ल्हामु गाउँपालिका १ का कार्य वहाक वडा अध्यक्ष सर्जिन राना मगर अक्ष्यक्षता एवं घरेलु कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आथिथ्यतामा आइतबार समापन गरिएको छ ।
Discussion about this post