सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका अन्तर्गत पर्ने खहरे खोलामा ह्युम पाइप राख्ने कार्य तीव्र गतिमा भइरहेको छ। गाउँपालिकाको २१ लाख रुपैयाँ बराबरको बजेटमार्फत निर्माण कार्य अघि बढाइएको हो।
गाउँपालिका अध्यक्ष धनजन राईका अनुसार बर्खायाममा खहरे खोलामा पानीको बहाव उच्च हुने भएकाले स्थानीयवासीलाई आवतजावतमा निकै कठिनाइ हुने गरेको छ। यही समस्या समाधान गर्नका लागि ह्युम पाइप राख्ने निर्णय गरिएको हो। “ खोलामा बर्खामा बाढी आउँदा बाटो काटिने समस्या थियो। अब यो ह्युम पाइपले स्थायी समाधान ल्याउनेछ,“ अध्यक्ष राईले भन्नुभयो। उहाँले आउँदो वर्षदेखि स्थानीयवासीलाई झन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो। साथै प्रदेश र स्थानिय सरकारको सझेदारीमा उक्त खोलाबाट जोडिएका अन्य सडकहरुको स्तरुन्नतिको काम भैइरहेको बताउनु भयो । निर्माण कार्य हाल धमाधम अघि बढिरहेको छ र यसले स्थानीय पूर्वाधार विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।
Discussion about this post